२३१ यात्रु बोकेर उडिरहेको अमेरिकी बोइङमा आगलागी, ठूलो दुर्घटनाबाट जोगियो

by समतल अनलाइन

काठमाडौं । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी भएको थियो ।

आगलागीबाट इन्जिनको केही भाग जमिनमा झरेपनि विमान सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गरेको छ ।

चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालीन अवस्थामा अवतरण गराइएको थियो । आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो । एजेन्सी

 
 
  
 

You may also like