गुल्मी जीप दुर्घटना : मृत्तक संख्या तीन पुग्यो, ६ जना घाइते

by समतल अनलाइन

गुल्मी । गुल्मीको पराल्मीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा रेसुंगा नगरपालिका १४ का ४८ वर्षीय एकबहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै पराल्मीकै ४७ वर्षीय गोमा नेपाली र २८ वर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेले जानकारी दिएका छन् । त्यस्तै रेसुंगा नगरपालिका–१४ का जीप चालक २२ वर्षीय भरत पोख्रेल, २७ वर्षीय वीर बहादुर सुर्यवंशी, ३७ वर्षीय गोमा सामत, ६५ वर्षीय देवबहादुर नेपाली, २७ वर्षीय प्रकाश नेपाली र साढे ४ वर्षीया खुसी नेपाली घाइते भएकी छन् । जीप सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए । चालक भरत पोख्रेल र वीरबहादुर सुर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओसिलो ठाउँमा जिप चिप्लिएर सडकबाट तल खसेको स्थानीयको भनाई छ ।

 

 
 
  
 

You may also like