प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरे- ओली

by समतल अनलाइन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन संबिधान सम्बत भएको दाबि गरेका छन् । बुटवलमा आयोजित नेकपा ओली पक्षको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न नदिएपछि आफु प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताउदै त्यो संबिधान अनुसार भएको दाबि गरेका छन् ।

प्रधानमन्त्री ओलीले संबिधान सम्मत ढंगले प्रतिनिधि सभा भएको बताउदै आफुलाई काम गर्न नदिएपछि संसद विघटन गरेको बताए । आफुले बहुमतको प्रधानमन्त्रीको हिसाबले संसद विघटन गरेको बताउदै त्यो संबिधान अनुसार विघटन गरेको दाबि दोहोराए ।

उनले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउदै संबिधान सम्बत छैन भन्ने गलत भएको बताए । उनले अदालतले देशलाई अस्थिरतातर्फ लैजादैन भन्ने विश्वास आफुले लिएको बताउदै कसैलाई लोकप्रिय छौं भन्ने लाग्छ भने जनमतमा आउन सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफुहरुले समानुपातिकतर्फ ५० लाख र प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबि गरे ।उनले हिजो युवाहरुलाई उचालेर मर्न तयार हुन भनेको र शहिदको पंक्तिमा लगाएर त्यसलाई आफु सत्तामा जाने भर्यांग बनाएको आरोप लगाए जनयुद्धमा घाइते भएकाहरुलाई सम्मान गरिने बताउदै उनीहरुलाई परिचय पत्र दिने र परिवारका कम्तिमा एक जनालाई रोजगार सरकारले दिने प्रधानमन्त्री ओलीले सभामा बताए ।

प्रधानमन्त्री ओलीले भागरथी भट्टको हत्यारालाई पक्राउ गरेर कानुनको दयारामा ल्याउने बताउदै उनले निर्मला र भागरथीका हत्यारालाई छिट्टै पक्राउ गरेर सार्बजनिक गर्ने बताए ।

 
 
  
 

You may also like