आवश्यकता भन्दा धेरै नुन खान्छन् नेपाली, ६६ लाख अझै ढिकेनुनकै भरमा

by समतल अनलाइन

काठमाडौं । देशभर अनुमानित ६६ लाख सर्वसाधारण अझै पनि ढिकेनुनकै भरमा रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागको पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्याको २२ प्रतिशत ढिकेनुन प्रयोग गरिरहेका छन् । जसमध्ये अनुमानित २९ लाखले यो नुन पखालेर खाने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ३० हजार ७९ रहेको छ । सरकारले ढिकेनुन प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयनमा आउन सकेको छैन ।
स्वास्थ्य सेवा विभाग अन्तरगत तत्कालीन बाल स्वास्थ्य शाखाले ढिकेनुन प्रयोग नगर्न भन्दै सम्बद्ध निकायलाई परिपत्र गरेको थियो । तर अझै यो प्रयोग हुँदै आएको छ ।

स्वास्थ्य मापदण्डअनुसार दैनिक एकजनाले ५ ग्रामभन्दा कम नुन प्रयोग गर्नुपर्छ । तर नेपालीले औसत ९.१ ग्राम नून प्रतिव्यक्ति प्रतिदिन प्रयोग गर्छन् । सामान्यतय एक वयस्क मानिसलाई दैनिक १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । राजधानी दैनिकबाट

 

 
 
  
 

You may also like