हजारौं रोहिंग्या शरणार्थीलाई बंगालको खाडी नजिकको जोखिमयुक्त टापुमा सारियो

by समतल अनलाइन

काठमाडौं । बंगालको खाडी नजिकै रहेको एक विवादास्पद टापूमा एक हजार ७५० रोहिंग्या शरणार्थीलाई सारिएको छ । बंगलादेशका अधिकारीहरूले शरणार्थीलाई टापुमा सारिएको पुष्टि गरेका छन् ।

उक्त टापु सुरक्षाका दृष्टिले जोखिमयुक्त रहेको भनी कतिपय शरणार्थीले बताइरहेको समयमा बङ्गलादेश सरकारले शरणार्थी स्थानान्तरण गरेको हो ।

म्यानमारको सीमानामा रहेको बङ्गलादेशको कोक्स बजारस्थित शिविरबाट शुक्रबार र शनिबार करिब तीन हजार शरणार्थीलाई स्थान्तरण गर्न लागिएको सरकारी अधिकारीले पुष्टि गरेका छन् । मानव अधिकारवादी समूहले दाबी गरे जस्तै शरणार्थीलाई स्थानान्तरण गरी लग्न लागिएको भसन चार टापूमा कुनै समस्या नरहेको सरकारी अधिकारीको दाबी छ ।

सन् २०१७ मा बौद्धमार्गी तथा मुसलमान समुदायबीच झडप भएपछि मुसलमान समुदायबाट विस्थापित बनी करिब १० लाख रोहिंग्याहरू बङ्गलादेश, भारत, नेपाल, मलेसिया, इन्डोनेसियालगायत स्थानसम्म पुगेको संयुक्त राष्ट्र संघीय मानव अधिकार मामिला निकायको तथ्याङ्कले देखाएको छ ।

बङ्गलादेश सरकारले करिब एक लाख शरणार्थीलाई बङ्गालको खाडी नजिक रहेको भसन चार टापूमा बनाइएको शिविरमा सार्ने योजना बनाएको छ । एजेन्सी

 
 
  
 

You may also like