काठमाडौं उपत्यकामा थपिए २३२ कोरोना संक्रमित

by समतल अनलाइन

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९३ महिला र १३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंका १७१ , ललितपुरका ५३ र भक्तपुरका ८ जना रहेका छन ।

मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र कोरोना संक्रमितको संख्या ९७ हजार ९१९ पुगेको छ । जसमध्ये ४७६ जनाको मृत्यु भएको छ भने ९४ हजार ९७३ सय जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म १५ हजार ४०४ जना संक्रमित भएका छन्। जसमा १४७ जनाको मृत्यु भएको छ भने १४ हजार ९३५ जना निको भएका छन्।

यसैगरी भक्तपुरमा हालसम्म संक्रमितको संख्या ८ हजार ९५० पुगेको छ । जसमध्ये १०९ जनाको मृत्यु भएको छ भने ८ हजार ७२१ जना निको भएका छन्।

हाल काठमाडौंमा २ हजार ४७०, ललितपुरमा ३२२ र भक्तपुरमा १२० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 
 
  
 

You may also like