कांग्रेसले संसद् विघटनविरुद्ध १३ गते देशभर आन्दोलन गर्ने

by समतल अनलाइन

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर संसद् विघटनको विरोधमा आन्दोलन गर्ने भएको छ । संसद् विघटनको विरुद्धमा देशभरका १६५ निर्वाचन क्षेत्रमै विरोधका कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा
केन्द्रीय कार्यालय सानेपामा अहिले पनि केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकमा नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मङ्गलबारदेखि शुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसँगै नेपाली कांग्रेसलगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ । संसद् विघटनको घोषणापछि नेकपा औपचारिक रूपमै दुई समूहमा विभाजित भएका छन् ।

 
 
  
 

You may also like