अमेरिकामा शुरु भयो कोरोना खोप अभियान, पहिलो खोप नर्सलाई लगाइयो

by समतल अनलाइन

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिएको छ ।
पहिलो खोप एक नर्सलाई लगाउँदै सोमबारबाट अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप अभियानको थालनी गरिएको हो । पहिलो चरणमा कोरोना भाइरसविरुद्धको लडाईंमा पहिलो पंक्तिमा खटिएकाहरुलाई खोप लगाइने अधिकारीहरुले जनाएका छन् ।

बीबीसीका अनुसार न्यूयोर्कको लोन्ग आइल्याण्डकी नर्सलाई पहिलो खोप लगाएर कोरोनाविरुद्धको अमेरिकी खोप अभियान थालिएको हो । सोमबार १५० अस्पतालमा यो खोप लगाइएको छ । अमेरिकाले गत शुक्रबार ९५ प्रतिशत सुरक्षित मानिएको फाइजर–बायोएनटेक खोप प्रयोगका लागि अनुमति दिएको थियो ।

सन् २०२१ को अप्रिल महिनासम्ममा १० करोड जनामा खोप पुर्‍याइने अमेरिकाले जनाएको छ । संसारमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । एजेन्सी

 
 
  
 

You may also like