हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी , ११ जनाको मृत्युु ११ जना मध्ये ७ नेपालीको मृत्युु

by समतल अनलाइन

काठमाडौँ। हङकङको याउमातेइमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
मृतक ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।

प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like