विश्वमा २४ घन्टामा ६ लाख २८ हजारमा कोरोना संक्रमण

by समतल अनलाइन

एजेन्सी- पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना संक्रमण भएको छ । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार यो अहिलेसम्मकै धेरै हो ।

यसअघि अघिल्लो २४ घण्टामा ५ लाख ७९ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच, हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड २४ लाख ८७ हजार ४७६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ९० हजार ६५३ जनाको मृत्यु भइसकेको छ ।

 
 
  
 

You may also like