विश्वभर एक करोड ३६ लाख बढी सक्रिय संक्रमित

by समतल अनलाइन

काठमाडौँ।विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ७२ हजार ४६८ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३६ लाख ७५ हजार ९९४ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९२ हजार ६२४ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या भने ५ करोड ७ लाख ३१ हजार १५१ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २१ लाख ४७ हजार ५८३ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८३९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६१ हजार ७४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ४० हजार ९०३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ५७ लाख ९३ हजार २२७ पुगेको छ ।

 
 
  
 

You may also like