कोरोना भाइरस : वृद्धवृद्धा बढी जोखिममा, खोप पनि ‘असहज’

by समतल अनलाइन

काठमाडौं। काल्पनिक संसारको कुरा गरौं–हामीसँग कोरोनाविरुद्धको खोप पहिलेबाटै उपलब्ध छ, यस्तो अवस्थामा विश्वभरका नेताहरुका सामु यति ठूलो जनसंख्यामा खोप कसरी पुर्‍याउने भन्ने अहम् चुनौती छ ।

बिरामीको सबैभन्दा बढी खतरा डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई छ, त्यस कारण सबैभन्दा पहिले उनीहरुलाई सुरक्षा दिनुपर्छ । तर, यो त्यति सहज भने छैन । यस्तै वृद्धवृद्धाहरुमा पनि कोरोना संक्रमणको सबैभन्दा बढी जोखिम छ ।

क्यानडाको ग्युलेफ विश्वविद्यालयमा भ्याक्सिनोलोजीका प्रोफेसर श्यान सरिफ भन्छन्, ‘हामीसँग वृद्धवृद्धाहरुका लागि तयार गरिएका भ्याक्सिनको संख्या अत्यन्तै थोरै छ । पछिल्लो एक सय वर्षबाट बढीजसो भ्याक्सिन बच्चलाई ध्यानमा राखेर बनाइएका छन् ।’

उनकाअनुसार दादको खोप ७० वर्षभन्दा पाको उमेरका व्यक्तिहरुक लागि बनाइएको छ । मेनिन्जाइटिस र पेपिलोमा भाइरस जस्ता केही बिरामीको भ्याक्सिन युवा उमेर समूहका मानिसहरुलाई ध्यानमा राखेर बनाइएको छ । यसका साथै प्रायः बढीजसो भ्याक्सिनहरु बच्चाहरुलाई ध्यानमा राखेर बनाइएको छ ।

वृद्धको शरीरको रक्षातन्त्रको असर

सरिफका अनुसार, बच्चहरुसँग सम्बन्धित रोगबारे हामीसँग धेरै जानकारी छ । युवा र वृद्धहरुको कुरा आउँदा यस विषयमा हामीसँग त्यति धेरै अनुभव छैन । उनी भन्छन्, ‘वृद्धवृद्धालाई भ्याक्सिन दिन असहज छ किनकि यसका लागि उनीहरुको शरीरको रोग प्रतिरक्षा प्रणाली बुझ्न आवश्यक छ ।’

सरिफ सम्झाउँछन्– पाको उमेरका मानिसहरुको इम्युनोसेनेसेन्स अर्थात् इम्युन सिस्टम बूढो हुने खतरा रहन्छ । हाम्रो शरीरका कुनै पनि अन्य अंग जसरी हाम्रो रोग प्रतिरक्षा प्रणालीमा पनि वृद्धावस्थाको लक्षण देख्न सकिन्छ । उमेरका साथसाथै कैयौं कोषिकाहरु आफ्नो काम सही ढंगबाट गर्न सक्दैनन् ।

प्रतिरक्षा प्रणाली अत्यन्तै जटिल हन्छ, यसमा कैयौं कोषिकाहरु एक–अर्कासँग मिलेर काम गर्छन् । यदि यो सिस्टममा कहीं केहीले काम गरेनन् भने त्यसको असर पूरै सिस्टमको लड्ने प्रक्रियामा पर्छ । यदि मानिसलाई कुनै किटाणु अथवा विषाणुले संक्रमित गर्दा रोग प्रतिरक्षा प्रणालीको पहिलो लेयरले त्यसमाथि आक्रमण गर्न सुरु गर्छ । श्वाससम्बन्धी रोगका लागि यो काम फोक्सो, श्वासनली र नाकको सहायतामा गरिन्छ ।

ह्वाइट ब्लड सेल अथवा म्याक्रोफेजेस, विषाणुमाथि हमला गर्छन् र त्यसलाई नष्ट गर्छन् । म्याक्रोफेजेसले विषाणुलाई टुटाएपछि उसले त्यसलाई इम्युन सेललाई दिन्छ, जसलाई टी–सेल भनिन्छ । यिनीहरुले प्रतीरक्षा प्रणालीमा ‘स्मरण शक्ति’ झै काम गर्छन् । टी–सेल स्वयं विषाणु देख्न सक्दैनन् ।

तर त्यसको पहिचान गरेर याद राख्ने काम गर्छन् ताकि अर्कोपटक त्यही विषाणुले आक्रमण गर्दा शरीरको प्रतीरक्षा प्रणालीलाई सचेत गराउँदछन् । टी-सेलले अघिल्लो लेयरलाई सक्रिय बनाएर प्रतिरक्षा प्रणालीलाई अझै प्रभावकारी बनाउँदछन् ।

रोग प्रतिरक्षा प्रणालीले कसरी काम गर्छ ?

टी–सेल अनेक प्रकारका हुन्छन् । किलर टी(सेल अथवा साइटोटक्सिन हाम्रो शरीरमा भएका कोषिकाहरुमाथि आक्रमण गर्छन् ताकि विषाणु संक्रमित कोषिकाहरु निकाल्न सकियोस् । किलर टी–सेलले विषाणु संक्रमित कोषिकाहरुलाई शरीरमा फैलिने गति कम गर्छ ।

हेल्पर टी–सेलले बी–(सेललाई सघाउँछ । जुन अन्य जस्तै प्रतिरक्षा प्रणाली हो । बी–सेल स्वयं विषाणुसँग लड्न सक्छन् । तर, सही तरिकाले काम गर्न उनीहरुलाई टी–सेलको आवश्यकता पर्छ । बी–सेल एन्टिबडी उत्पादन गर्छन् । तर, सबैभन्दा प्रकाकारी एन्टिबडी उत्पादनका लागि उनीहरुलाई टी–सेलका साथ एक जटिल प्रक्रियाबाट गुज्रिनुपर्छ ।

भ्याक्सिनको किटाणु अथवा विषाणुको सम्पर्कमा आउनुअगावै हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रभावकारी एन्टिबडी उत्पादनका लागि प्रेरित गर्नु हो । भ्याक्सिनोलोजिस्टका लागि वृद्धवृद्धाको उमेर अधिक भएका कारण सबै कोषिकाहरु बीचमा कमजोर सन्तुलन बाधा अड्चन ल्याउँछ ।

वृद्ध व्यक्तिको प्रतिरक्षा प्रणाली कस्तो हुन्छ ?

इन्सब्रुक विश्वविद्यालयका बिरट्ज वेनबर्गर भन्छन्, ‘ती साइटोकाइन्स (प्रोटिन जसले प्रतिरक्षा कोषिकाहरुबीच सञ्चारमा सहायता गर्छ) को एक अलग सेटको उत्पादन गर्छन् । मलाई लाग्छ एक महत्त्वपूर्ण मुद्दा जसमा ध्यान दिन आवश्यक छ त्यो के भने कोषिकाहरुमध्ये कसैले पनि आफ्नो बलमा काम गर्न सक्दैनन् ।’

यदि म्याक्रोफेजेसले ठीक तरिकाले काम गर्न सकेन भने टी–सेल पनि ठीक तरिकाले सक्रिय हुँदैन । बी–सेलबाट कोषिकाहरुलाई कम मद्दत मिल्छ र कम एन्टिबडीको असर प्रतिक्रियामा हुन सक्छ ।

वेनबर्गर भन्छन्, ‘प्रतिरक्षा प्रणालीका सबै अलग-अलग भागले कसरी एक साथ काम गर्ने गरी तयार गर्ने भन्ने कुरा ध्यान दिन जरुरी छ ।’ सरिफ भन्छन्, ‘हामीसँग हामीअनुकूल प्रतिरक्षा प्रणालीमा बी-सेल र टी-सेलको एक सीमित संख्या छ र हामी समयका साथ तीमध्ये केहीलाई गुमाइदिन्छौं जसले पछि जीवनमा समस्याहरु पैदा गर्न सक्छन् ।’

मानिसले कुनै नयाँ किटाणु वा विषाणु सामना गर्दा प्रतिक्रियाको क्षमता सीमित हुन्छ । जानकारहरुका अनुसार इम्युनोसेनेसेन्स सबै मानिसहरुलाई समान रूपले प्रभावित गर्न सक्दैन । (बीबीसी

 
 
  
 

You may also like