भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं।भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ६७ हजार ९८८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार ७० पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ८० हजार ४५६ जना संक्रमणमुक्त भएका छन् । ८ लाख १३ हजार ३०३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ६९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like