भारतमा थप ७४ हजारमा संक्रमण, संक्रमितको संख्या ७० लाख नाघ्यो

by समतल अनलाइन

काठमाडौं।भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 
 
  
 

You may also like