नेपालमा कोरोनाले थप १२ को मृत्यु, हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुग्यो

by समतल अनलाइन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।
मन्त्रालयका अनुसार ४ जना महिला र ८ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । काठमाडौंमा एक महिला र २ पुरुष, ललितपुर, भक्तपुरमा र सुर्खेतमा १-१ जना महिलाको मृत्यु भएको छ ।

त्यसैगरी चितवनमा ३ जना पुरुष, सुनसरी, धनुषा र कास्कीमा १-१ जना पुरुषको मृत्यु भएको छ ।

 
 
  
 

You may also like