बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत रुपन्देहीको बुटवलका कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार बुटवल उपमहानगरपालिका वडा नम्बर ६ निवासी ४७ बर्षिय पुरुषको बुधबार बेलुका साढे ५ बजे मृत्यु भएको छ ।

बुधबार नै दिउसो १ बजे अस्पतालमा भर्ना भएका ति पुरुषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । उनी अस्पतला आउदा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ ।

 
 
  
 

You may also like