रुपन्देहीमा बुधबार थपिए ६८ जना कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा आज पनि ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार थपिएका संक्रमितमा पनि बुटवल उपमहानगरको अग्रता कायम छ ।

बुटवलमा २३ जना संक्रमित थपिएका छन् । बुधबार सुद्धोदन गाँउपालिकामा १६ जना, तिलोत्तमा नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सैनाामैना नगरपालिकामा ७ जना,सियारी गाँउपालिकामा २ जना तथा लुमिबनी साँस्कृतिक नगरपालिका, ओमसतिया गांउपालिका र मायादेबी गाँउपालिकामा १।१ जना संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like