अमेरिकामा ७७ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

by समतल अनलाइन

काठमाडौं। अमेरिकामा ७७ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बुधबार थप ३८ हजार ४४१ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७७ लाख १७ हजार ५२७ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४९ लाख २६ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् ।उपचार गराइरहेका २५ लाख ७४ हजार ८९० जनामध्ये १४ हजार ३१४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १५ हजार ७१९ पुगेको छ ।

 
 
  
 

You may also like