‘संसारका हरेक १० मध्ये एक व्यक्ति कोरोनाको सम्पर्कमा, चरम स्वास्थ्य संकटसँग जुध्नु पर्नेछ’ :डब्ल्युएचओ

by समतल अनलाइन

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ९४ हजार संक्रमित थपिए, चार हजारको मृत्यु
काठमाडौं। विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले बताएको छ ।

स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शीर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान गरिएको हो । संसारका हरेक १० मध्ये १ जना भाइरसको सम्पर्कमा आएको हुनसक्ने डब्लुएचओको अनुमान छ ।

यो अनुमान सही प्रमाणित भएमा संसारका अधिकांश नागरिक चरम स्वास्थ्य संकटसँग जुध्नुपर्नेछ । हाल विश्वभर पुष्टि भएका कोरोना संक्रमितको संख्या ३५ मिलियन अर्थात ३ करोड ५० लाखको सेरोफेरोमा छ ।

नयाँ अनुमान अनुसार यो संख्या ८ सय मिलियन अर्थात ८० करोड हुनसक्छ । संक्रमण शुरु भएको १० महिना बितिसक्दा अन्त्यको कुनै लक्षण देखिएको छ । विश्वका कतियपय देशहरु अहिले कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन् ।

पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ९४ हजार संक्रमित थपिए, चार हजारको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ४ हजार ५२६ को ज्यान गएको छ । सोही अवधिमा २ लाख ९४ हजार ७६३ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म विश्वमा ३ करोड ५१ लाख ९ हजार ३१७ जनामा कोरोना संक्रमण देखिसकेको छ । हालसम्म विश्वमा १० लाख ३५ हजार ३४१ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

 
 
  
 

You may also like