मर्यादापालकलाई रोस्टमबाटै मन्त्रीको आदेश : घिसारेर निकालिहाल्

by समतल अनलाइन

बुटवल ।देश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका छन् ।प्रदेश ५ को नाम र राजधानीमाथिको छलफल भइरहेको प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी र तोडफोड गरेकाछन् । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका हुन् ।

उनी बोल्ने क्रममा सत्तारुढ सांसदले प्रश्न सोध्न हात उठाइरहेका थिए भने विपक्षी कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका थिए । त्यस क्रममा मर्यादापालकहरु रोस्टममा मन्त्रीमाथि हुनसक्ने सम्भावित आक्रमण रोक्न बसेका थिए । केसीले आफूअघि उभिएका मर्यादापालकलाई हातले कोट्याउँदै नाराबाजी गर्ने सांसदलाई लक्षित गर्दै भने ‘घिसारेर निकालिहाल् ।

 
 
  
 

You may also like