प्रदेश राजधानी सार्ने बिषयमा नेकपा रुपन्देहीको असहमति

by समतल अनलाइन
Shares

बुटवल। रुपन्देहीमा नेपाली काङ्ग्रेस लगायत विभिन्न संघ संस्थाहरुले प्रदेश राजधानी सार्ने प्रस्ताव प्रति आन्दोलन गरिरहदा सत्ता रुढ दल नेकपा रुपन्देहीले असहमति जनाएको छ ।

आइतबार नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी र सचिव निर्मल जिसीले विज्ञप्ति निकालेर भनेका छन्-‘संविधानले प्रदेश राजधानी तोक्दा प्रशासनिक, भूगोल र भौतिक पूर्वाधारको विकासलाई ध्यान दिनुपर्ने विषय निर्दिष्ट गरेको छ, तर प्रदेश सरकारले स्थायी राजधानीका सन्दर्भमा गरेको यो निर्णयमा संविधानको भावनालाई आत्मसात गरेको देखिदैन, अहिले कोरोना महामारीको अवस्थामा प्रदेश सरकारले पेश गरेको यो प्रस्ताव औचित्यपूर्ण पनि देखिदैन।’

नेकपा रुपन्देहीले प्रदेश सरकारले ठूलो धनराशी खर्च गरेर भौतिक पूर्वाधार निर्माण गरिसकेको अवस्थामा वर्तमान अस्थायी राजधानीलाई नै प्रदेशको स्थायी राजधानीको रुपमा अगाडि बढाएर यसक्षेत्रको पार्टी पंक्ति, जनमत र नागरिक आवाजलाई सम्मान गर्न अनुरोध गरेको छ।

You may also like

This will close in 0 seconds