बिहानै देखि रुपन्देही बन्दको प्रभाव !

by समतल अनलाइन
Shares

बुटवल । नेपाली कांग्रेस आब्हान गरेको बन्दको प्रभाव बिहानै देखि परेको छ । यस क्षेत्रका मुख्य राजमार्गहरु सुनसान अवस्थामा रहेका छन् भने भित्रि सडकहरुमा साना गाडीहरु हल्का रुपमा चलेका छन् ।

मुख्य राजमार्गमा सुरक्षाकर्मीकाे संख्या बाक्लाे पारिएकाे छ । आन्दाेलनलाइ राेक्न प्रशासनले बुटवलका मुख्य मुख्य चाेकहरुमा २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे छ । प्रदेश ५ को राजधानी दाङ लैजाने प्रदेश सरकारको निर्णयकाे विरोधमा कांग्रेस ३ दिनदेखि सडकमा उत्रिरहेकाे छ । हिजाे बेलुका बुटवलमा मा मसाल जुलुस निकालेको थियाे ।

रुपन्देहीबाट राजधानी सार्ने स‌सदमा लगिएकाे प्रस्ताव तत्काल फिर्ता गर्न कांग्रेसले माग गरेकाे छ । प्रदर्शनमा सहभागीले राजधानीको विषयमा नेकपाले अन्तर्घात गरेको भन्दै सरकार र नेकपाविरूद्ध नाराबाजी गरेका थिए।

अन्तर्घाती नेकपा मुर्दावादु, रुपन्देहीलाई नै राजधानी कायम गरु, बुहसंख्यक नागरिकको मनोभावना ख्याल गरु,राजधानी सार्ने औचित्य प्रस्ट पार लगायतका नारा उनीहरूले लगाएका थिए।

You may also like

This will close in 0 seconds