बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान

by समतल अनलाइन
Shares

बागलुङ ‘यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन । अहिले कसरी बस्तीमै आयो भन्ने कल्पना समेत गर्न सकिएको छैन’, उद्धारमा पुगेका अनिल विश्वकर्माले भने ।

स्थानीयवासीका अनुसार ढोरपाटन सिकार आरक्ष क्षेत्र नजिकैको सुर्तीवाङ लेकबाट खसेको पहिरोले थुनिएको सानो खोला एक्कासि खुल्दा खोलामा बाढी आएको हो । स्थानीय कल्याण कायतले बुधबार राति पानी परे पनि नदीमा त्यति ठूलो बहाव आउला भन्ने सोचेकै थिएनौँ, ढुङ्गा माटोसहितको पहिरोले थुनिएको खोला एक्कासी खुल्दा बहाव बढेर आए जस्तो लाग्यो भने ।

रातको समयमा माथिबाट बाढी आएको जानकारी तटीय क्षेत्रमा फल्लेघर क्षेत्रवासीले फोनमार्फत गराएपछि धेरै जना भागेका थिए । माथिबाट फोन आएकै कारण लाकुरीबोटमा धेरै भौतिक क्षति पुगे पनि मानवीय क्षति कम भएको छ, दुना पधेरामा फोन सम्पर्क नहुँदा भौतिक क्षति कम भए पनि मानवीय क्षति बढी भएको स्थानीय चेतबहादुर विकले बताए । गोरखापत्र दैनिकबाट

You may also like

This will close in 0 seconds