विश्वमा कोरोनाबाट दुइ करोड ३१ लाख संक्रमित, ८ लाख बढीको मृत्यु

by समतल अनलाइन

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।वर्ल्डओमिटरका अनुसार आज (शनिबार) विहानसम्ममा विश्वभर कोरोना संक्रमणबाट आठ लाख दुई हजार तीन सय ६२ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय २४ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा दुई लाख ४७ हजार ६ सय ८५ जना नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३० लाख ९७ हजार आठ सय ४८ पुगेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या अण्डै ५८ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा धेरै संक्रमित भारतमा देखिएका छन् भने ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ । यस अवधिमा भारतमा ६९ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने अमेरिकामा ११ सय ६७ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी ब्राजिलमा एक हजार ३१, भारतमा नौ सय ५३, मेक्सिकोमा ६ सय २५, कोलम्बियामा तीन सय ८५, दक्षिण अफ्रिकामा दुई सय २५, अर्जेन्टिनामा दुई सय १३, इरानमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । एजेन्सी

 
 
  
 

You may also like