वीरगञ्जमा कोरोना संक्रमित पुरूषको उपचारका क्रममा मृत्यु

by समतल अनलाइन

पर्सा ।वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको हो ।

पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका उनी ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।

 
 
  
 

You may also like