84
बुटवल । बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कपिलवस्तुका युवामा कोरोना नेगेटिभ आएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-१२ बस्ने वर्ष २३ का प्रदीप तेलीको उपचारकै क्रममा कोरोना अस्पतालमा मृत्यु भएको थियो।
उनमा कोरोना संक्रमण आशंका भएपछि स्वाब निकालेर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।
तेलीसहित कपिलवस्तुका २ जनाको उपचार गर्दागर्दै बुधबार मृत्यु भएको थियो। अर्का एक जनामा भने कोरोना पोजेटिभ देखिएको थियो ।