दाङमा २९ नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

दाङ।दाङमा २९ नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पीसीआर परीक्षणमा तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीमा कार्यरत २९ जवानमा कोरोना देखिएको हो ।

यसअघि संक्रमण देखिएका एक जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङका क्रममा ३१ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताए ।प्युठानमा कार्यरत एक जवान तालिमका लागि नेपालगन्ज जाँदै गर्दा तुलसीपुरस्थित बाहिनीमा बसेका थिए ।उनलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तैगरी शान्तिनगर र बबई गाउँपालिकामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बबई गाउँपालिका ४ का २६ र ३३ वर्षीय पुरुष र वडा नम्बर ७ का ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 
 
  
 

You may also like