काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख ६४ हजार ६०० बढीको मृत्यु भएको भएको छ ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) तथ्यांकअनुसार बुधबार साँझ समाचार तयारसम्म विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ६ लाख ६४ हजार ६०० नाघेको हो ।बुधबारसम्म विश्वभरीमा एक करोड ६९ लाख ५६ हजार २८८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ५ लाख ६ हजार २९० व्यक्ति कोरोना मुक्त भएका छन् ।विश्वभरमा ५७ लाख ८५ हजार ३९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४५ लाख १३० जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५२ हजार ३८८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण मङ्गलबार एकै दिनमा एक हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।दक्षिण अमेरिकामा ३८ लाख ५६ हजार ७४४ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३७ हजार ३६१ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५२ लाख ८० हजार ५६२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १२ हजार ६४४ जनाको मृत्यु भएको छ ।युरोपमा २८ लाख २४ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख दुई हजार ३४६ को मृत्यु भएको छ ।एशियामा ४० लाख ९७ हजार १३८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९३ हजार ४७२ जनाको मृत्यु भएको छ ।अफ्रिकामा आठ लाख ७८ हजार ८१५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १८ हजार ५६६ जनाको मृत्यु भएको छ ।ओसियानामा १७ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९८ जनाको मृत्यु भएको छ ।