भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने अपरेटरको निर्णय

by समतल अनलाइन
Shares

काठमाण्डौ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका छन् ।

वितरकहरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने बताएका हुन् । पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरु विदेशी च्यानल बन्द गर्ने निर्णयमा पुगेका हुन् ।

म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् । डिस होम,म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर नै अफवाह फैलाउने भारतीय न्युज च्यानलहरु बन्द गरेको शर्माले बताए ।भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिए ।यो कदम सरकारको निर्देशनमा नभइ स्वतःस्फूर्त रुपमा चालिएको वितरक कम्पनीहरुले जनाएका छन् ।

You may also like

This will close in 0 seconds