मिस तीज स्कुलको उपाधी कृष्टीलालाई

by समतल अनलाइन

झबिन्द्र देवकोटा बुटवल । बुटवलमा भएको मिस तीज स्कुलको उपाधी बुटवलकी कृष्टीला भुसालले जितेकी छन । साधना सास्कृतिक कला केन्द्र बुटवलले आयोजना गरेको मिस तीज स्कुल सिजन ३ को उपाधी जितेकी कृष्टीलाले १५ जना फाईन्लिस्ट प्रतिस्पर्धीलाई पछि पार्दै उपाधी कब्जा गरेकी हुन । उनले मिस स्कुलको ताज, प्रमाणपत्र सहित नगद २० हजार हात पारेकी हुन । यस्तै प्रतियोगितामा निकिता खनाल फस्ट रनरअप, सिम्रन बोहोरा सेकेन्ड रनर अप बनिन ।

उनीहरुले ताज सहित क्रमस १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र हात पारे । त्यसैगरी प्रतियोगितामा कृतिका बराल भिबरच्वाईस बनिन । साधना कला केन्द्रका प्रोप्राईटर अनु रजकको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर गुमा देबी आचार्य, प्याब्सन प्रदेश ५ का सचिब लालहरी पाण्डे, संगीतप्रेमी हिरामाया थापा, कार्यक्रम संयोजक प्रियङ्का थापा लगायतले बिजया प्रतिस्पर्धीहरुलाई पुरस्कार प्रधान गरेका थिए ।

संगीतकर्मी यम पुन, सुन्दर गुरुङ, पत्रकार झबिन्द्र देवकोटा, कोरियोग्राफर रेशम न्यौपाने र राजन अधिकारी निर्णायक तथा सुदिप ढकालको संचालनमा भएको कार्यक्रममा रुपन्देहीको विभिन्न स्थानका डेढ दर्जन प्रतियोगी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

 
 
  
 

You may also like