गुल्मी मदाने गाँउपालिकाका ४१ बर्षीय पुरुषमा कोरोना संक्रमण

बुटवल । गुल्मीमा पहिलो पटक एक जना पुरुषमा कोरोनाको पुस्टि भएको सोमबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा उनको स्वाब परीक्षण कोरोना पोजेटिभ देखिएको थियो ।

गुल्मी मदाने गाउँपालिका वडा नम्बर २ का ४१ बर्षिय  पुरुष  रहेको  मदाने गाउँपालिका वडा अध्यक्ष दान बदादुर केसी जानकारी दिए ।  उनको रुपन्देहीको  मणिग्राम स्थित क्रिमशन  अस्पतालको आईसियूमा उपचार भइरहेको स्रोतको भनाई छ । उनि उपचाररत क्रिमशन अस्पताल शिल गरिएको छ ।

 

 

 

 

 

 
 
  
 

You may also like