कोरोनाबाट मृत्यु भएकी सुत्केरीको शिशुसहित परिवारका पाँचै जनाको रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो व्यक्तिको परिवारका पाँच सदस्यहरुको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

धुलिखेल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १३ दिनको शिशुसहित मृतक महिलाको श्रीमान, आमा, बहिनी र भाइ समेत पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ (संक्रमण नभएको) आएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिएका छन् ।

कोरोनाबाट सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको गत बिहीबार ज्यान गएको थियो । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन् ।

उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपछि उनका शिशु र परिवारका सद्स्यहरुको कोरोना परीक्षण गरिएको हो । अहिले मृत्तक महिलाको सम्पर्कमा आएका सिन्धुपाल्चोक बाह«बिसेका धेरैको स्वाब संकलन भइरहेको छ ।

 

 
 
  
 

You may also like