भारतले नेपालसहित १३ देशमा कोरोनामा उपयोगी ‘हाइड्रोक्लोरोक्वीन’ पठाउने

काठमाडौं।भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्‍याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ ।

यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा प्रयोग गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९ मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो ।

भारत हाइड्रोक्लोरोक्वीनको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । भारतले प्रतिमहिना सो औषधीको ३५ करोड ट्याबलेट उत्पादन गर्ने क्षमता राख्दछ । भारतले नेपालबाहेक दक्षिण एसियाका आफ्ना छिमेकीहरु भुटान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानलाई पनि सो औषधी निर्यात गर्नेछ ।

त्यस्तै, भारतले युरोपको स्पेन र जमर्नी, भारतीय महासागर क्षेत्रको सेचल्स र मौरसिस, दक्षिण अमेरिकाको डोमिनिकन रिपब्लिक र ब्राजिल तथा पूर्वी एसियाको बहराइनलाई पनि सो औषधी निर्यात गर्ने भएको छ । भारतले यसअघि अमेरिकालाई पनि सो औषधी पठाएको थियो ।

 
 
  
 

You may also like