नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण

काठमाडाैं। नोबेल कोरोना भाइरस कोभिड १९ को शङ्कामा नेपालमा हालसम्ममा १२ सय ७७ जनाको नमूना परीक्षण गरिएको छ । यो परीक्षणबाट ६ जनामा मात्रै कोभिड १९ पुष्टि भएको छ । ६ जनामध्ये एक जना स्वस्थ भएर घर फर्किसकेका छन् ।

नेपालमा एक सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देबकोटाले एक सय सात जनाको नमूना परीक्षण गर्ने तयारी भएको बताए । उनीहरूको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ ।

कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता देबकोटाले जानकारी दिए। भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको पनि नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ

 
 
  
 

You may also like