तिलोत्तका सबै वडाहरुमा विपन्न परिवारलाई राहत वितरण

कृष्ण पाण्डे
बुटवल। । कोरोना भाइरस कोभिड १९ को जोखिमलाई ध्यानमा राखेर रुपन्देहीको तिलोतमा नगरपालिकाका वडा नम्बर ६ का ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै यही वडाका अन्य १३ जनालाई घरमै निगरानीमा राखिएको छ ।

निरगानीमा राखिएकोहरुको नियमित स्वास्थ्य परीक्षण भइरहेको पनि वडाले जानकारी दिएको छ । यसैबीच लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरेर पेट पाल्ने मजदूरहरु सकसमा परेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्ना १७ वडामा रहेकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

सोमबार वडा नम्बर ६ का करिब १७० घरधुरीलाई १० किलो चामल दुई किलो दाल र एक पोका नुन वितरण गरिएको छ । वडा नम्बर ६ का ८ वटा टोल समितिका अध्यक्षको रोहबरमा उक्त सामान बाँडिएको वडा सदश्य निर्मल श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी सो वडामा व्यवस्थित र जोखिमरहितरुपमा किनमेल गर्नका लागि पसल खुल्ने समयतालिका पनि बनाइएको छ । जस अनुसार बिहान ६ देखि ८ बजेसम्म दूध डेरी खोल्ने र १० बजेबाट अपरान्ह ३ बजेसम्म किराना पसल खोल्ने निर्णय गरिएको वडाध्यक्ष सुखदेब न्यौपानेले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like