व्यापार संघद्वारा विद्यालयमा माक्स तथा साबुन वितरण

बुटवल । रुपन्देही व्यापार संघले कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसैक्रममा संघले सोमवार आज बुटवलका दुई वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्ष्ँकशिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरेको छ ।

संघ अन्तरगतको बस्तुगत समिति कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिको आयोजनामा भएको सो कार्यक्रममा दुई विद्यालयका करिव १२ सय विद्यार्थी तथा शिक्ष्ँकशिक्षिकाहरुलाई माक्स तथा सावुन वितरण गरिएको थियो । बुटवल उपमहानगरपालिका वडा नं. १ मा रहेका सरस्वती मा.वि. र बुटवल माविमा सो कार्यक्रम गरिएको थियो । संघकातर्फबाट सबै विद्यार्थी तथा शिक्ष्ँकशिक्षिकाहरुलाई माक्स तथा सावुन प्रदान गर्दै कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने साबधानीका बारेमा सचेत गराइएको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष यमलाल लोहनीले कोरोनाबाट आंतकित भएर होइन कि त्यसबाट सचेत हुदै साबधानी अपनाउन आग्रह गर्नु भयो । उहाले साना बालबालिकाहरुको जिवन रक्षाका लागि संघले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विद्यालयलाई केन्द्रमा राखेर कार्यक्रम गरेको जानकारी गराउनु भयो ।

सरस्वती निमावि र बुटवल माविमा छुट्टाछुटै कार्यक्रमको आयोजना गरि माक्स तथा साबुन वितरण गर्दै सचेत हुन आग्रह गरिएको थियो । कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक अखतरमुल्लाहा खा, सरस्वती निमाविका प्रधानाध्यपक तुल्सीराम भण्डारी लगायत बोल्नु भएको थियो ।

कार्यक्रम कस्मेटिक तथा श्रृंगार वस्तुगत उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सहसंयोजक गोकुल ज्ञवालीको स्वागत तथा सचिव विजय सुवेदीको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like