“कोभिड १९” को वहानामा कालोवजारी

बुटवल । “कोभिड १९” को वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ ।
कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघ संस्थाहरुले सघाउने प्रतिवद्धता समेत जनाएका छन्।
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ ले सोमवार बुटवलमा आयोजना गरेको साक्षत्कारमा बोल्दै बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तफै सरकार सचेत हुनुपर्ने बताए ।
स्वास्थय निर्देशनालयका प्रवक्त तथा वरिष्ठ जनस्वास्थ अधिकृत रोशनलाल चौधरीले प्रदेशमा १ सय १९ वटा आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतंकित हुने अवस्था नरहेको बताए । “सचेत बनौँ । प्रदेश सरकार क्वारेन्टाइनको खोजीमा छ । जनता सचेत हुनुपर्ने छ । तर आतंकित हुने अवस्था छैन् ।”— उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको बताए । कोरोनाका बारेमा बास्तविक सुचना दिन सरकार चुकेको भन्दै बास्तविक सूचना दिन सरकारसँग उनको आग्रह छ । बजारमा कोरोनाको वहानामा उपभोग्य सामाग्रीको कृतिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले दक्षीणी सीमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यस तर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावस्यक स्टक राखेर सटेज देखाउन नहुने भन्दै उनले कृषि जन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवस्यक रहेको उनको भनाई छ ।

साक्षात्कारमा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि संघले सरकारलाई सघाउ तयार रहेको बताए । “सरकारले वजारलाई प्रभावकारी रुपमा अनुगमन गर्न तर्फ अघि बढ्नु पर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकाले बास्तविक अवस्थाको चित्रण गर्नु पर्छ ।”— उनले भने ।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चा पदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था हुने उनले बताए । स्वदेशी उत्पान तर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्पे्ररण दिनु पर्ने बताए । बजारमा माक्स अभाव देखिनुमा एक्कासी मागमा भएको बृद्धि नै भएको भन्दै यस्तो अवस्थामा कालोबजारी नर्गन व्यवसायिलाई अग्रह गरे ।
साक्षात्कार क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 
 
  
 

You may also like