मन्दिरको ६ रोपनी जग्गा विप्लव समूहद्वारा कब्जा

by समतल अनलाइन
231Shares

सल्यान। सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ। विप्लव समूहले जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो।

विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले सो जग्गामा झण्डा गाडेको छ भने कालो ब्यानर समेत टाँगेको छ । ब्यानरमा लेखिएको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जन युद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ।’

विप्लवले कब्जा गरेको जग्गा जनयुद्धकालमा तत्कालीन माओवादीले पनि कब्जामा लिएको थियो। शान्ति प्रकृयामा आइसकेपछि कब्जा फिर्ता भएको थियो। अहिले यो जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ।

Comments

You may also like

This will close in 0 seconds