विकासका लागि सरकारका ‘गेम चेन्जर’ लक्ष्य, १८ योजनामा २५ खर्ब लगानी

काठमाडौं । सरकारले विभिन्न १८ वटा रुपान्तरणकारी (गेम चेन्जर) आयोजनासहित १५ औं योजना स्वीकृत गरेको छ । ती आयोजनामा २५ खर्ब लगानी गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय योजना आयोगको बैठकले विभिन्न रुपान्तरणकारी आयोजना स्वीकृत गरेको हो ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर ती आयोजना स्वीकृत गराएका हुन् ।

यस्ता आयोजनामा लगानी, प्रवर्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन, भौतिक पूर्वाधार, जनविद्युत, पर्यटन र गरिबी तथा असमानता न्यूनीकरणलगायत महत्पूर्ण कार्यक्रम छन् । राजधानी दैनिकबाट

 
 
  
 

You may also like