बास्कोटाले मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

by समतल अनलाइन

काठमाडौं। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन ‘डिलिङ’ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा झुटो आरोप लगाइएको भन्दै अदालत पुगेका छन्। उनले आफ्ना प्रतिनिधि मार्फत विजय मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर गरेपछि बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु। धन्यवाद।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन डिल भइरहेको अडियो स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले सार्वजनिक गरेका थिए।

म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु । धन्यवाद ।

 

 
 
  
 

You may also like