मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धुमपान र मद्यपानबाट टाडै रहनु होला । गरेको कार्यमा बाधा आउनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दैनिक कार्यमा प्रगती हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्ने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद रहने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटोबोल्न बाध्य भईने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वियोग र छटपटी बढ्नाले मन पनि कमजोर रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कार्यको थालनी हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आर्थिक कारोवारमा बिवाद आउने छ । चोट पटकको भय छ सचेत रहनुहोला । पारिवारीक झैं–झमेला आउँला । सामान्य स्वास्थ्यमा समस्या आउँला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । पढाइ लेखाइमा प्रगति हुनेछ । रमाइलो यात्राको योग रहेको छ, साथै नयाँ कर्यको योजनले गति पाउने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । व्यापारमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । सन्तान सुख मिल्ने छ । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बोलीको प्रभाब बढ्ने छ । मंगल कार्यको योग छ । चिन्ता छाडेर चिन्तन र कर्म गर्नाले राम्रो फल मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज विशिष्ट व्यक्तिको सहयोग पाईने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । पार्टनरसीपको कार्यमा सफलता मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज स्वादिष्ट भोजन पाईने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । कुटुम्बको सहयोग पनि मिल्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल