मानव अधिकारले गर्यो सदस्य डा.अधिकारीलाई सम्मान

by समतल अनलाइन
Shares

बुटवल ।मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगम सदस्य डा.गगांधर अधिकारीलाई र नेपाल बार काउन्सीलका पार्षद बावुराम पाण्डेलाई बिहिवार बुटवलमा सम्मान गरेको छ ।

हालै सरकारले नियुत्त गरेका डा.अधिकारी मानव अधिकार तथा शान्ति समाजका निवर्मान केन्द्रीय सभापति भएकोले शान्ति समाज रुपन्देहीले सम्मान गरेको हो । सो अवसर बोल्दै आयोग सदस्य डा.अधिकारीले आयोगले नेपालको संक्रमणकालिन न्यायलाई पछाडी पन्छाएर नभई सल्टाए अगाडी जाने बताए ।

उनले आयोगको काम चूनौतिपुर्ण रहेको भन्दै सरकार र दलहरुलाई सहयोग गर्न आग्रह गरे ।उनले पडितले न्यायँको प्रत्याभुति हुने गरी आयोगले योजना बनाए काम गरेको भन्दै आयोगले अनुसन्धान र प्रमाणको आधारमा काम गर्दा कसै प्रति पनि नरम हुने र कसैप्रति आग्रह पूर्वआग्रह राखेर काम नगर्ने बताए ।

मानव अधिकारको क्षेत्रमा एक दशक भन्दै धेरै काम गरेको डा.अधिकारले आफ्नो अनुभव र ऐनले दिएका अधिकारलाई प्रयोग गरी आयोगमा काम गर्ने बताए ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनालले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग आफैमा महत्पूर्ण संस्था भएको त्यो संस्थामा शान्ति समाजका निर्वमान सभापति नियुक्त हुदाँ सिगौ शान्ति समाज हषिर्त भएको बताए ।

उनले आयोगका चूनैतिसँगै अबसरमा पनि रहेको ऐतिहासित अवशरलाई लामो समय बिभिन्न संस्थामा काम गरेका डा.अधिकारीको अनुभवले मद्धत गर्ने विश्वास व्यत गरे ।उनले आयोग गरिमालाई उच्च राख्ने गरी काम गर्न आग्रह पनि गरे ।कार्यक्रमा बोल्दै नेपाल बार काउन्सीलका पार्षद वावुराम पाण्डेयले सम्मानले आफुलाई काम थप जिम्बेवारी प्रदान गरेको बताए ।उनले पदको कुनै लोभ र त्रास नवसी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालको अध्यक्षता भएको कार्यक्रमा स्वागत सदस्य कृष्ण पाण्डेय गरेका थिए भने संचालन सचिव अर्जुन ज्ञवाली गरेका थिए ।

You may also like

This will close in 0 seconds