सवारी दुर्घटना हुँदा सैनामैनामा २ को मृत्यु

by समतल अनलाइन

सैनामैना। रुपन्देही जिल्लाको सैनामैना नगरपालिका स्थिती रामापुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत रामापुर चोकमा पुर्ब तर्फ आइरहेको लु ४२ प ७०९६ र लु २४ प ७४७२ नम्बरको स्कुटी ठोकिदा दुई जनाको मृत्यु भएको र १ जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा परि सैनामैना ७ का अन्दाजी वर्ष २१ का सुदिप चौधरी र नविन चौधरीको मृत्यु भएको ईलाका प्रहरीका कार्यलय बुटवलका प्रमुख खिमलाल भट्टराईले जानकारी दिनु भएको छ ।

 
 
  
 

You may also like