युक्रेनको विमान खसालेको इरानद्वारा स्वीकार, भन्यो- मानवीय त्रुटि भयो

by समतल अनलाइन

तेहरान । इरानले बुधबार १७६ जना यात्रु मर्नेगरी भएको युक्रेनको विमान दुर्घटना भुलवश भएको शनिबार स्वीकार गरेको छ ।

शनिबार विहान सार्वजनिक विज्ञप्तिमा ‘मानवीय भुल’ले गर्दा विमान दुर्घटना भएको स्वीकार गरेको हो । बुधबार युक्रेन इन्टरनेशनल विमान बोइङ्ग ७३७-८०० ले उडान भरेको ३ मिनेट पछि नै इमाम खोमेनी विमानस्थलबाट केही पर खसेको थियो । उक्त दुर्घटनामा परी १७६ मानिसको मृत्यू भएको थियो । मृतकमध्ये ६३ जना क्यानडेली नागरिक रहेका थिए भने ८२ इरानी, ११ युक्रेनी, १० स्वीडिश र जर्मन र बेलायतका ३/३ नागरिकको मृत्यू भएको थियो ।

इरानले धेरै दिनदेखि विमान दुर्घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको थियो । तर, अमेरिका र क्यानडाले जासुसी संयन्त्रहरुको हवाला दिँदै इरानी मिसाइलले विमान खसालेको बताउँदै आएका थिए । दुर्घटनाको एक भिडियो समेत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा इरानी मिसाइलले विमान खसेको स्पष्ट देख्न सकिन्छ ।

 
 
  
 

You may also like