बोलेरो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते

by समतल अनलाइन
9Shares

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका–११, बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार गए राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये आठ जनालाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य घाइतेमध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् भने केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like