एनपीएलमा आज दुई खेल हुँदै, वर्षाले खेल प्रभावित हुने सम्भावना

by समतल अनलाइन
43Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले चितवन राइनोजको सामना गर्नेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

त्यस्तै, आजको दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका छ।

यद्यपि, पछिल्लो दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण आजका दुवै खेल प्रभावित हुने सम्भावना रहेको छ।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स र चितवन राइनोजले एक–एक खेलमा जित निकालेका छन्। विराटनगर किंग्स भने आफ्ना सुरुवाती दुवै खेलमा पराजित भएको छ। यता, सुदूरपश्चिम रोयल्सले एक खेलमा जित र अर्कोमा हार बेहोरेको छ।

You may also like