चक्रवात ‘अर्नब’को प्रभावले शनिबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना, उच्च हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम

by समतल अनलाइन
31Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को पनि प्रभाव रहेको जनाएको छ ।

हाल देशभर साधारणतया बादल लाग्नेको छ। साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागमा तथा मधेश प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ ।

कार्तिक १४ गते शनिबारसम्म देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको जानकारी दिदै महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा/हिमपातको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउनु हुन तथा पर्यटकहरू उच्च हिमाली भू-भागमा नजानु हुन, गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन हुन अनुरोध गरेको छ ।

यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनहुन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाले अनुरोध गरेको छ ।

You may also like