काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले टिकटको दर निर्धारण गरेको हो।
क्यानले सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्रतियोगिताको नकआउट चरणअन्तर्गत एलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य एक हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य दुई हजार रुपैयाँ निर्धारण गरिएको छ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतियोगिताका सम्पूर्ण खेलको टिकट आज साँझ ८ बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत खरिद गर्न सकिनेछ।
टिकटको मूल्य सार्वजनिक भएसँगै एनपीएल हेर्न चाहने दर्शकले आफ्नो रुचि र सुविधाअनुसार टिकट छनोट गर्न सक्नेछन्। लिग चरणको तुलनामा नकआउट चरणका खेलका लागि टिकटको मूल्य दोब्बर निर्धारण गरिएको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु भई नोभेम्बर २१ मा सम्पन्न हुनेछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।


