साउदीमा हवाई आक्रमण, एक नेपालीको मृत्यु

by समतल अनलाइन
108Shares

काठमाडौं। साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ ।

आक्रमणमा एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको साउदी अरबको ऊर्जा मन्त्रालयले जनाएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन् ।

बुधबार बिहान भएको आक्रमणमा मृत्यु भएका नेपालीको परिचय र ठेगाना भने मन्त्रालयले सार्वजनिक गरेको छैन । घटनाबारे थप विवरणसमेत खुलाइएको छैन ।

साउदी अरबको प्रमुख तेल उत्पादक कम्पनी साउदी अराम्कोको परियोजनामा भएको यस आक्रमणपछि त्यहाँ कार्यरत विदेशी श्रमिकको सुरक्षाबारे चासो बढेको छ ।

You may also like

This will close in 0 seconds