रुपन्देही–२ मा व्यवसायी चुन्न प्रसाद पौडेलले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

by समतल अनलाइन
16Shares

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ मा व्यवसायी चुन्न प्रसाद पौडेलले १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

व्यवसायिक क्षेत्रमा सक्रिय पौडेल यसअघि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत उम्मेदवार बनेका थिए। उनी यसोदा फुड्सका सञ्चालक हुन्।

पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने तथा व्यवसायिक क्षेत्र र पार्टीका आम कार्यकर्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको पौडेलले बताएका छन्।

पौडेलले कांग्रेसको संगठनलाई स्थानीय तहदेखि नै थप बलियो बनाउँदै कार्यकर्ताका भावना, सुझाव र अपेक्षालाई पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन आफूले भूमिका खेल्ने बताएका छन्।

उनले पार्टी संगठनलाई समयानुकूल र प्रभावकारी बनाउँदै कार्यकर्ता तथा व्यवसायिक क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताएका छन्।

You may also like